एमाले विधान महाधिवेशन : प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिनेक्रम जारी

  • कालिका खवर
  • आइतवार, भदौ २२, २०८२
  • काठमाडौँ । गोदावरीमा जारी नेकपा एमालेको दोस्रो विधान महाधिवेशन अन्तर्गत नेताहरूले प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् । महासचिव शंकर पोखरेलले पेस गरेको सांगठनिक प्रतिवेदनमाथि प्रतिनिधिहरूले गरेको प्रश्नको जवाफ दिइसकेका छन् । महासचिव पोखरेलपछि उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनमाथि उठेका प्रश्नको जवाफ दिइरहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

    उपाध्यक्ष विष्णु पौडेलपछि अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदनमाथि उठाइएका प्रश्नको जवाफ दिनेछन् । त्यसपछि आजै लेखा आयोगको अध्यक्ष चयन गरेर महाधिवेशन समापन गर्ने तयारी छ । विधान महाधिवेशनमा २ हजार ३४१ जना सहभागी छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar