एमाले अध्यक्ष ओलीको म्याद थप ‘भिडिओ कन्फ्रेन्स’ मार्फत गर्न प्रहरीको माग

  • कालिका खवर
  • आइतवार, चैत्र १५, २०८२
  • काठमाडौं । स्वास्थ्य अवस्थाका कारण अस्पतालमै उपचाररत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली लाई अदालतमा उपस्थित गराउन नसकिने भन्दै प्रहरीले ‘भिडिओ कन्फ्रेन्स’ मार्फत म्याद थप गर्न आग्रह गरेको छ।

    प्रहरीका अनुसार चिकित्सकले हाल उनको अवस्था यात्रा गर्न उपयुक्त नभएको सिफारिस गरेपछि वैकल्पिक विधिबाट प्रक्रिया अघि बढाउने तयारी गरिएको हो। यस विषयमा जिल्ला अदालत काठमाडौंमा छलफल भइरहेको छ।

    उता, सोही प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखक लाई भने अदालतमा उपस्थित गराइएको छ। दुवै जनामाथि भदौ २३ को घटनासँग सम्बन्धित मुद्दामा अनुसन्धान भइरहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar