एकैदिन तोलामा ४ हजार ७ सय रुपैयाँ बढ्यो सुन, कतिमा हुँदैछ कारोबार ?

  • कालिका खवर
  • आइतवार, असार १४, २०८३
  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ७ सय रुपैयाँले बढेको हो ।

    शुक्रबार २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यसैगरी, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार ४ हजार १८० रुपैयाँमा कारोबार भएको चाँदी आज १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar