एकैदिन सुन तोलामा २ हजार ४ सय रुपैयाँले सस्तियो

  • कालिका खवर
  • शुक्रबार, भदौ १२, २०८३
  • काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ भने चाँदीको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २४ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बिहीबार सुन प्रतितोला ३ लाख २० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

    यसैगरी, आज चाँदीको मूल्य भने यथावत रहेको छ । महासंघका अनुसार चाँदी आज पनि अघिल्लो दिनकै मूल्य अर्थात् प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar