एक तोला सुनको मूल्य तीन लाख तीन हजार आठ सय

  • कालिका खवर
  • आइतवार, माघ ११, २०८२
  • काठमाडौँ, ११ माघ । स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन रु दुई हजार ४०० र चाँदी रु दुई सय ९० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु तीन लाख तीन हजार ८०० त्यति नै चाँदीको मोल रु छ हजार ४८० कायम भएको छ ।

    गत शुक्रबार एक तोला छापावाल सुनको मूल्य रु तीन लाख एक हजार ४०० र त्यति नै चाँदीको मोल रु छ हजार १९० कायम भएको थियो । अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ९८७ र त्यति नै परिमाणको सेतो धातु १०३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar