एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • कालिका खवर
  • बिहिबार, अशोज २३, २०८२
  • काठमाडौं, २३ असोज । एभरेष्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज (असोज २३ गते) अन्तिम दिन रहेको छ ।

    बैंकले लाभांश वितरण तथा वार्षिक साधारणसभा प्रयोजनका लागि असोज २४ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको हो । यसअनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै बैंकले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन योग्य हुनेछन् ।

    बैंकले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने करसहित) र ६ प्रतिशत बोनस सेयर गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

    एभरेष्ट बैंकले आगामी कात्तिक १२ गते बुधबार, काठमाडौंको भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा आफ्नो ३१औं वार्षिक साधारणसभा आयोजना गर्ने तयारी गरेको छ । सभाले प्रस्तावित लाभांश अनुमोदन गरेपछि शेयरधनीहरूलाई वितरण गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar