एभरेष्ट बैंक र कर्मचारीद्वारा ३ करोडभन्दा बढी सहयोग

  • कालिका खवर
  • बुधबार, भदौ १७, २०८३
  • काठमाडौँ । भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एभरेष्ट बैंक र बैंकका कर्मचारीहरूले आर्थिक तथा राहत सामग्री सहयोग प्रदान गरेका छन्।

    बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दुई करोड एकाउन्न लाख रुपैयाँ र कर्मचारीहरूका तर्फबाट साठ्ठी लाख चौवन्न हजार छ सय पाँच रुपैयाँ अठ्तीस पैसा गरी कुल तीन करोड एघार लाख चौवन्न हजार छ सय पाँच रुपैयाँ अठ्तीस पैसा सहयोग गरेको छ। उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा गरिएको छ।

    नगद आर्थिक सहयोगका साथै एभरेष्ट बैंकका कर्मचारीहरूको सक्रियतामा संकलन गरिएका अत्यावश्यक राहत सामग्रीहरू समेत विपद् प्रभावित क्षेत्रहरूमा पठाउनका लागि सम्बन्धित निकायलाई प्रत्यक्ष रूपमा हस्तान्तरण गरिएको छ।

    बैंकले प्राकृतिक विपत्तिमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै बैंकले विपद्को सामना गर्न अग्रपङ्क्तिमा खटिएका सुरक्षाकर्मी, उद्धारकर्मी, स्थानीय तह, संघसंस्था तथा सम्पूर्ण सहयोगीहरूप्रति आभार व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar