दुई सय ६२ किलो गाँजासहित तीन जना प्रहरी नियन्त्रणमा

  • कालिका खवर
  • आइतवार, भदौ २९, २०८२
  • काठमाडौँ, २९ भदौ । विराटनगर महानगरपालिका–१५ बाट दुई सय ६२ किलो ५८० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उक्त महानगरपालिका–१८ का श्यामकुमार यादव, सुनसरीका २० वर्षीया सन्जु तामाङ र २२ वर्षीय निखिल घिमिरेलाई शनिबार राति रानीस्थित इलाका प्रहरी कार्यालयबाट परिचालन भएको सुरक्षाकर्मीको टोलीले पक्राउ गरेको हो । प्रहरीले मे.१ च ५८२६ नम्बरको गाडीबाट उक्त परिमाणको गाँजा बरामद गरेको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar