दुई हजारले बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

  • कालिका खवर
  • बुधबार, फाल्गुन २७, २०८२
  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

    सुन आज प्रतितोला तीन लाख १९ हजार रुपैयाँमा कारोबा भइरहेको छ । यसअघि मंगलबार सुन प्रतितोला तीन लाख १७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य स्थिर छ । मंगलबार पाँच हजार ७२० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar