दशैं–तिहारमा पार्क एन वासको विशेष ‘दशैं तिहार धमाका’ योजना

  • कालिका खवर
  • सोमवार, अशोज ५, २०८३
  • काठमाडौं । दशैं तथा तिहारको अवसरलाई लक्षित गर्दै पार्क एन वासले आफ्ना ग्राहकका लागि विशेष ‘दशैं तिहार धमाका’ योजना सार्वजनिक गरेको छ। चाडपर्वको समयमा कार तथा मोटरसाइकल सफा र आकर्षक बनाउने ग्राहकलाई लक्षित गरी ल्याइएको योजनामा निःशुल्क सवारीसाधन धुने सुविधा तथा विभिन्न आकर्षक उपहार पाउने अवसर रहेको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार योजनाअन्तर्गत ग्राहकले निःशुल्क सवारीसाधन धुने सेवासहित विभिन्न उपहार प्राप्त गर्न सक्नेछन्। उपहार तथा सेवाका लागि कम्पनीले तोकेका नियम तथा सर्त लागू हुनेछन्। यो विशेष योजना २०८३ साल कात्तिक ३० गतेसम्म सञ्चालन हुनेछ।

    पार्क एन वासमा सवारीसाधन धुने सेवासँगै ग्राहकका लागि ‘चियालिसियस बाई पार्क एन वास’ नामक क्याफेको सुविधा पनि उपलब्ध छ। सवारीसाधन सफा गराइरहेको समयमा ग्राहकले क्याफेमा आरामसँग बसेर विभिन्न स्वादका चिया, हातबाट बनाइएको कफी, खाजा तथा अन्य परिकारको स्वाद लिन सक्नेछन्।

    सवारीसाधन सफा गराउँदा कुर्नुपर्ने समयलाई पनि रमाइलो र आरामदायी बनाउने उद्देश्यले क्याफे सञ्चालन गरिएको कम्पनीले जनाएको छ। परिवार तथा साथीभाइसँग बसेर चिया–कफीको स्वाद लिँदै आफ्नो कार वा मोटरसाइकल सफा भएको हेर्न सकिने भएकाले पार्क एन वासले ‘सवारीसाधन सफा गराउनुहोस्, आफ्नो समय रमाइलो बनाउनुहोस्’ भन्ने अवधारणालाई अघि सारेको छ।

    दशैं–तिहारको अवसरमा सवारीसाधन सफाइ, खानपान र विशेष उपहारको अनुभव एउटै स्थानमा उपलब्ध गराउने उद्देश्यले योजना ल्याइएको कम्पनीले जनाएको छ। ग्राहकले थप जानकारीका लागि पार्क एन वासमा सम्पर्क गर्न सक्नेछन्।

    पार्क एन वास
    सम्पर्क : ९७६९३५४७३७

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar