डोङफेङ नामी ईभीको मूल्य वृद्धि

  • कालिका खवर
  • आइतवार, बैशाख २०, २०८३
  • काठमाडौं । नेपालका लागि Dongfeng Nammi र Vigo EV को आधिकारिक वितरक एमएडब्लु वृद्धि मोटर्स ले नेपालमा उपलब्ध दुवै इलेक्ट्रिक गाडीको मूल्य वृद्धि गरेको छ। नयाँ मूल्य वैशाख महिनादेखि भएको कम्पनीले जनाएको छ।

    नयाँ मूल्य सूचीअनुसार डोङफेङ नामी ०१ को ई३ भेरिएन्टको मूल्य ३६ लाख २५ हजार रुपैयाँ पुगेको छ, जुन पहिले ३४ लाख ७९ हजार रुपैयाँ थियो। डुअल टोन र सिल्भर कलरका लागि थप ५० हजार रुपैयाँ तिर्नुपर्नेछ।

    सन् २०२४ अगस्ट २२ मा काठमाडौँको सोल्टी होटलमा सार्वजनिक गरिएको ४९.५ किलोवाट मोटरयुक्त नामी ०१ ले नेपाली बजारमा राम्रो उपस्थिति बनाउँदै आएको छ। आकर्षक डिजाइन, प्रिमियम फिचर र प्रतिस्पर्धी मूल्यका कारण यसलाई ह्याचब्याक सेग्मेन्टको ‘गेम चेन्जर’ मोडलका रूपमा समेत हेरिन्छ।

    त्यस्तै, नामी ब्रान्डअन्तर्गतको भिगो ईभीको मूल्य पनि वृद्धि गरिएको छ। भिगो ई२ को मूल्य ४० लाख ९९ हजार रुपैयाँ र ई२ प्लसको मूल्य ४३ लाख ९९ हजार रुपैयाँ पुगेको छ। पहिले यी मोडलहरूको मूल्य क्रमशः ३८ लाख ९९ हजार र ४१ लाख ९९ हजार रुपैयाँ थियो।

    नामी भिगोमा ‘म्याजिक कर्भ’ डिजाइन, ९९ किलोवाट मोटर, ३०० देखि ३५० किलोमिटर रेन्ज दिने ब्याट्री विकल्प र १६७ किलोवाट फास्ट चार्जिङ जस्ता सुविधा रहेका छन्। साथै १२.८ इन्च टचस्क्रिन, भेन्टिलेटेड सिट, प्यानोरामिक मोनोरुफ र उन्नत सुरक्षा प्रणालीले यसलाई प्रिमियम ईभीका रूपमा प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार नामी र भिगो दुवै मोडलले नेपालमा इलेक्ट्रिक मोबिलिटी विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्दै आएका छन् र मूल्य समायोजन बजार अवस्थाअनुसार गरिएको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar