डिप्रोक्स लघुवित्तले १५% लाभांश घोषणा, १०% बोनस र ५% नगद वितरण प्रस्ताव

  • कालिका खवर
  • बिहिबार, मंसिर २५, २०८२
  • काठमाडौँ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने उद्देश्यले कुल १५ प्रतिशत लाभांश घोषणा गरेको छ।

    मंसिर २५ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर तथा कर प्रयोजनसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।

    संस्थाले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र शेयरधनीहरूले प्राप्त गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar