धरानमा Ather को १३औँ Experience Center सञ्चालन, उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

  • कालिका खवर
  • बुधबार, भदौ १७, २०८३
  • धरान । नेपालमा विद्युतीय मोबिलिटीप्रति बढ्दो आकर्षणसँगै Ather Nepal ले आफ्नो उपस्थिति थप विस्तार गरेको छ। नेपालका लागि Ather को आधिकारिक वितरक वैद्य इनर्जी प्रालिले धरान–१, छाता चोकमा नयाँ Ather Experience Center सञ्चालनमा ल्याएको हो।

    १७ भदौ २०८३ मा औपचारिक रूपमा उद्घाटन गरिएको उक्त Experience Center को उद्घाटन कार्यवाहक मेयर ऐन्द्र विक्रम बेघा तथा सुनसरी उद्योग वाणिज्य संघका प्रमुख गोपाल श्रेष्ठको उपस्थितिमा गरिएको थियो। नयाँ केन्द्र सञ्चालनमा आएसँगै नेपालमा Ather का Experience Center को संख्या १३ पुगेको छ।

    धरानमा नयाँ केन्द्र विस्तारसँगै Ather ले देशका प्रमुख शहरहरूमा आफ्नो उपस्थिति थप मजबुत बनाएको जनाएको छ। यसअघि काठमाडौं, पोखरा, चितवन, इटहरी, बुटवल, जनकपुर, वीरगञ्ज र बिर्तामोडलगायतका शहरमा आफ्नो नेटवर्क विस्तार गरिसकेको कम्पनीले अब पूर्वी नेपालका ग्राहकलाई पनि आफ्ना उत्पादन र प्रविधि नजिकबाट अनुभव गर्ने अवसर प्रदान गरेको छ।

    धरानमा Ather को नयाँ प्रविधि अनुभव गर्न सकिने

    नयाँ धरान Experience Center मा ग्राहकले Ather को लोकप्रिय 450 Series तथा परिवारलाई केन्द्रमा राखेर तयार गरिएको Rizta लाई प्रत्यक्ष रूपमा हेर्न, बुझ्न तथा टेस्ट राइड गर्न सक्नेछन्।

    यससँगै धरानमा Ather को नयाँ 450X Overtone Series समेत प्रस्तुत गरिएको छ। नयाँ पुस्ताको 450 सिरिजमा प्रदर्शनसँगै प्रविधि र राइडिङ अनुभवलाई थप सहज बनाउने विभिन्न विशेषता समावेश गरिएको कम्पनीले जनाएको छ।

    यसमा उपलब्ध Magic Twist, Infinite Cruise र Voice Interactions जस्ता फिचरले राइडिङ अनुभवलाई थप सहज र आधुनिक बनाउने अपेक्षा गरिएको छ। Magic Twist मार्फत थ्रोटलको प्रयोगबाट सहज रूपमा गति घटाउन सकिने, Infinite Cruise ले लामो दूरीको यात्रामा सहज क्रुजिङ अनुभव दिने तथा Voice Interactions मार्फत स्कुटरसँग भ्वाइस कमान्डद्वारा अन्तरक्रिया गर्न सकिने बताइएको छ।

    अर्कोतर्फ, Rizta लाई विशेषगरी आराम, व्यावहारिकता र परिवारको दैनिक आवश्यकतालाई ध्यानमा राखेर तयार गरिएको कम्पनीले जनाएको छ। यसले Ather को प्रदर्शनमुखी 450 सिरिजसँगै दैनिक पारिवारिक मोबिलिटीका लागि अर्को विकल्प प्रदान गरेको छ।

    उद्घाटनअघि नै २५ भन्दा बढी बुकिङ

    धरानमा Ather को आगमनप्रति ग्राहकबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भएको कम्पनीले जनाएको छ। Experience Center को औपचारिक उद्घाटन हुनुअघि नै २५ भन्दा बढी बुकिङ प्राप्त भइसकेको बताइएको छ।

    यसले धरान तथा आसपासका क्षेत्रमा प्रिमियम विद्युतीय स्कुटर र नयाँ पुस्ताको प्रविधिप्रति ग्राहकको चासो बढ्दै गएको संकेत गरेको कम्पनीको भनाइ छ।

    नयाँ Experience Center को उद्घाटनलाई लक्षित गर्दै २३ भदौ २०८३ सम्म विशेष Opening Scheme समेत ल्याइएको छ। यसअन्तर्गत ग्राहकले आफ्नो आवश्यकता अनुसार Extended Battery Warranty, ५० प्रतिशत डाउन पेमेन्टमा शून्य प्रतिशत ब्याजदर वा ८ हजार रुपैयाँसम्मको अतिरिक्त Valuation Benefit मध्ये कुनै एक सुविधा छनोट गर्न सक्नेछन्।

    Battery, Service र Charging मा दीर्घकालीन विश्वास

    विद्युतीय सवारीसाधनको बजार विस्तारसँगै ग्राहकका लागि स्कुटर खरिद मात्र नभई ब्याट्री, सेवा र चार्जिङ पूर्वाधारमा पनि दीर्घकालीन विश्वास आवश्यक रहेको कम्पनीले जनाएको छ। यही उद्देश्यका साथ वैद्य इनर्जीले नेपालमा Ather Assurance अन्तर्गतको सेवा र पूर्वाधार विस्तारलाई निरन्तरता दिइरहेको छ।

    Ather को Eight70 Battery Warranty अन्तर्गत ब्याट्रीमा ८ वर्ष वा ८० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध रहेको छ। कम्पनीका अनुसार यसमा ब्याट्री स्वास्थ्य कम्तीमा ७० प्रतिशत कायम रहने Assurance समेत प्रदान गरिएको छ।

    त्यसैगरी, वैद्य इनर्जीले नेपालभर १० भन्दा बढी Authorized Service Center विस्तार गरिसकेको जनाएको छ। यसले ग्राहकलाई आफ्नै शहर वा आसपासमा प्रशिक्षित प्राविधिकबाट सेवा प्राप्त गर्न सहज हुने अपेक्षा गरिएको छ।

    चार्जिङ पूर्वाधारको क्षेत्रमा पनि Ather को नेटवर्क विस्तार भइरहेको छ। हाल नेपालभर ५० भन्दा बढी Fast Charging Grid निर्माण भइसकेका छन्। कम्पनीका अनुसार Compatible Ather स्कुटरलाई ० देखि ८० प्रतिशतसम्म करिब ४५ मिनेटमा चार्ज गर्न सकिन्छ।

    Nationwide Electric Mobility Ecosystem तर्फ अर्को कदम

    धरानमा नयाँ Experience Center को सुरुवात केवल अर्को शोरुम थपिनु मात्र नभई नेपालमा विद्युतीय मोबिलिटीलाई थप सहज, भरपर्दो र पहुँचयोग्य बनाउने दिशामा महत्वपूर्ण कदम भएको वैद्य इनर्जीले जनाएको छ।

    Experience Center, Authorized Service Network र Fast Charging Infrastructure लाई सँगसँगै विस्तार गर्दै कम्पनीले ग्राहकलाई केवल विद्युतीय स्कुटर बिक्री गर्नेभन्दा पनि सम्पूर्ण Ownership Experience प्रदान गर्ने उद्देश्यका साथ काम गरिरहेको बताइएको छ।

    धरानमा नयाँ Ather Experience Center सञ्चालनमा आएसँगै अब पूर्वी नेपालका ग्राहकले Ather 450, 450X Overtone Series र Rizta लाई प्रत्यक्ष रूपमा हेर्न, प्रविधिबारे जानकारी लिन तथा टेस्ट राइड गर्न सक्नेछन्।

    २३ भदौ २०८३ सम्म लागू विशेष Opening Scheme ले धरान तथा आसपासका ग्राहकका लागि Ather Ownership सुरु गर्ने सीमित अवधिको विशेष अवसर प्रदान गरेको कम्पनीले जनाएको छ।

    वैद्य इनर्जी प्रालि नेपालमा Ather Energy को आधिकारिक वितरक हो। कम्पनीले नेपालभर Ather को Retail Presence, Customer Experience, Authorized Service Network तथा Fast Charging Infrastructure विस्तार गर्दै विद्युतीय मोबिलिटीको समग्र Ecosystem निर्माणमा काम गरिरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar