चीनमा छापिँदै ५० रुपैयाँका नयाँ नोट, राष्ट्र बैंक र ‘चाइना बैंक नोट प्रिन्टिङ’बीच करार सम्झौता

  • कालिका खवर
  • बिहिबार, कार्तिक २७, २०८२
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरका ४२ करोड थान नयाँ नोट छपाइका लागि चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसन’ सँग सम्झौता गरेको छ ।

    राष्ट्र बैंकका अनुसार नोटको डिजाइन, छपाइ र आपूर्तिसम्बन्धी सम्पूर्ण प्रक्रियाका लागि करार सम्झौता उक्त गरिएको हो ।

    राष्ट्र बैंकले गत साउन ९ गते (२५ जुलाई २०२५) दि राइजिङ नेपाल राष्ट्रिय दैनिक र बैंकको वेबसाइटमार्फत ५० दरका नयाँ बैंक नोट छपाइका लागि बोलपत्र आह्वान गरेको थियो ।

    सोही बोलपत्र प्रक्रियामा सहभागी कम्पनीहरूमध्ये सबैभन्दा न्युनतम मूल्य प्रस्ताव गर्ने चाइना बैंक नोट प्रिन्टिङ एण्ड मीन्टिङ कर्पोरेसनलाई छनोट गरिएको हो ।

    बोलपत्र प्रक्रियापछि बैंकले सार्वजनिक खरिद ऐन, २०६३ र खरिद निर्देशिका, २०६७ बमोजिम सम्पूर्ण प्रक्रिया पूरा गरी सम्झौता सम्पन्न गरेको जनाएको छ ।

    सम्झौता अनुसार ५० दरका ४२ करोड थान नोट छपाइ र आपूर्तिको कुल मूल्य १ करोड ४ लाख २२ हजार ५३५.२१ अमेरिकी डलर (करिब एक करोड ४२ लाख रुपैयाँ) बराबर रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar