बीमा सचेतना वाकाथन सम्पन्न, सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘सुरक्षित भविष्य’ अभियानलाई व्यापक सहभागिता

  • कालिका खवर
  • शुक्रबार, कार्तिक २८, २०८२
  • काठमाडौँ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहान “बीमास् सुरक्षित भविष्यको आधार” भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ। सर्वसाधारणबीच बीमाको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले आयोजित कार्यक्रम काठमाडौँमा उत्साहजनक सहभागितासहित सम्पन्न भएको कम्पनीले जनाएको छ।

    वाकाथन नक्सालस्थित कम्पनीको केन्द्रीय कार्यालयबाट सुरु भई नक्साल भगवती मन्दिर – नागपोखरी – गैरीधारा – प्रहरी मुख्यालय – हिल्टन होटल – नक्साल भगवती मन्दिर हुँदै पुनः केन्द्रीय कार्यालयमा समापन गरिएको थियो। करिब ४ किलोमिटर दूरीको यस अभियानमा उपत्यकाभित्रका विभिन्न शाखाबाट करिब १०० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।

    सहभागीहरूले “बीमास् सुरक्षित भविष्यको आधार” भन्ने सन्देशसहितका ब्यानर र प्लेकार्ड बोकेर बीमाको आवश्यकता, यसको फाइदा तथा सुरक्षित भविष्य निर्माणमा बीमाको भूमिकाबारे सर्वसाधारणमा जागरूकता फैलाएका थिए।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले यस्ता सार्वजनिक अभियानहरूले नागरिकमा बीमाप्रति सकारात्मक चेतना वृद्धि गर्ने बताउँदै, “सचेत नागरिकले जिम्मेवार निर्णय गर्छन्, जसले अन्ततः राष्ट्रलाई अझ सुरक्षित र सक्षम बनाउँछ,” भने।

    सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले आगामी दिनहरूमा पनि जनमुखी सचेतनामूलक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिवद्धता जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar