भृकुटीमण्डपमा सीजी मोटर्सको ‘महा मेला साटफेर महोत्सव’ सुरु

  • कालिका खवर
  • बुधबार, जेष्ठ ६, २०८३
  • काठमाडौँ । काठमाडौँको भृकुटीमण्डपमा सीजी मोटर्सद्वारा आयोजित विशेष गाडी मेला आजदेखि औपचारिक रूपमा सुरु भएको छ।

    जेठ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने ‘महा मेला साटफेर महोत्सव’ मा ग्राहकहरूका लागि विभिन्न आकर्षक उपहार, छुट तथा वित्तीय सुविधाहरू सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

    मेलाको उद्घाटन समारोहमा नेपालका चर्चित गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए। उनी एक्सपाङ जी–६ गाडीका सद्भावना दूतसमेत हुन्। कार्यक्रममा सीजी मोटर्सका उप–प्रमुख कार्यकारी अधिकृत बिमल शाह लगायत अन्य विशिष्ट व्यक्तिहरूको पनि उपस्थिति रहेको थियो।

    महोत्सवको मुख्य आकर्षणका रूपमा नयाँ सवारीसाधनहरूको सार्वजनिक प्रदर्शन गरिएको छ। कार्यक्रममा विशेष क्षमतायुक्त रिडारा इकोन ४×४ तथा अत्याधुनिक ऊर्जा प्रणालीयुक्त किंङ लङ १६ सिटे गाडीको नयाँ संस्करण प्रदर्शनीमा राखिएको छ।

    कम्पनीका अनुसार नयाँ किंङ लङ १६ सिटे गाडीमा प्रतिघण्टा ७५.४१ किलोवाट क्षमताको अत्याधुनिक विद्युतीय भण्डारण प्रणाली प्रयोग गरिएको छ। उक्त गाडीले एक पटकको पूर्ण चार्जमा ४०० किलोमिटरभन्दा बढी दूरी तय गर्न सक्ने क्षमता राख्छ। साथै, गाडीको ग्राउन्ड क्लियरेन्स २१५ मिलिमिटर रहेको बताइएको छ।

    महोत्सव अवधिभर ग्राहकलाई सहज रूपमा गाडी खरिद गर्न विभिन्न वित्तीय योजना पनि ल्याइएको छ। दायुन गाडी खरिद गर्दा सुरुवाती भुक्तानीस्वरूप ३ लाख ९९ हजार रुपैयाँ तथा रिडारा इकोन ४×४ खरिदका लागि ९ लाख ९९ हजार रुपैयाँ मात्र बुझाए पुग्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ।

    यसका अतिरिक्त, आयोन र एक्सपाङ ब्रान्डका गाडी खरिद गर्ने ग्राहकहरूले १२ लाख रुपैयाँसम्मको विशेष आर्थिक लाभ प्राप्त गर्न सक्नेछन्।

    पुराना गाडी साटफेर गर्न चाहने तथा नयाँ गाडी खरिद गर्न इच्छुक ग्राहकहरूका लागि मेला उपयोगी हुने विश्वास गरिएको छ। मेलामा ग्राहकहरूले गाडीको प्रत्यक्ष अवलोकन, टेस्ट ड्राइभ, पुराना गाडीको उचित मूल्यांकन तथा किस्ताबन्दीसम्बन्धी वित्तीय परामर्शसमेत प्राप्त गर्न सक्नेछन्।

    सीजी मोटर्सले मेलामा सहभागी ग्राहकहरूलाई पुराना गाडीको उत्कृष्ट मूल्यांकन तथा सहज ऋण सुविधासमेत उपलब्ध गराइने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar