भोटेकोशी बाढी प्रभावितका लागि सानिमा रिलायन्स इन्स्योरेन्सको ७२ लाख सहयोग

  • कालिका खवर
  • बिहिबार, भदौ १८, २०८३
  • काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनर्स्थापना तथा मानवीय सहयोगका लागि सानिमा रिलायन्स इन्स्योरेन्सले ७२ लाख रुपैयाँ सहयोग गरेको छ।

    कम्पनीले संस्थागत रूपमा ५१ लाख रुपैयाँ तथा कम्पनीका सञ्चालक र कर्मचारीहरूको तर्फबाट २१ लाख रुपैयाँ योगदान गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम उपलब्ध गराएको हो।

    भोटेकोशी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त आर्थिक सहयोग गरिएको कम्पनीले जनाएको छ।

    इन्स्योरेन्सले बाढीका कारण ज्यान गुमाएका दिवङ्गत आत्माप्रति श्रद्धासुमन अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

    साथै, प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि भइरहेका प्रयासमा सरकार, निजी क्षेत्र तथा सबै सरोकारवाला पक्षबाट आवश्यक सहयोग र सहकार्य हुनुपर्ने अपेक्षा कम्पनीले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar