भोलि र पर्सी भारी वर्षा र हिमपातको सम्भावना

  • कालिका खवर
  • बिहिबार, चैत्र १२, २०८२
  • काठमाडौँ । आगामी दुई दिन देशभर मौसम बदली भई वर्षा हुने सम्भावना रहेको छ ।

    जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै पश्चिमी वायुको प्रभावका कारण देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी तथा असिनासहित वर्षा हुन सक्ने जनाएको छ । विभागका अनुसार विशेषगरी पहाडी र हिमाली क्षेत्रका धेरै स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।

    उच्च हिमाली क्षेत्रमा हल्का हिमपातसमेत हुन सक्ने बताइएको छ । त्यस्तै तराई क्षेत्रमा पनि मेघगर्जनसहित हल्का देखि मध्यम वर्षा हुने अनुमान गरिएको छ । मौसमविद्हरूका अनुसार भोलि र पर्सि मौसम बढी सक्रिय रहनेछ । केही स्थानमा असिना पर्न सक्ने र हावाहुरी चल्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउन सुझाव दिइएको छ ।

    विभागले चट्याङ र हावाहुरीबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar