कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुग्यो

  • कालिका खवर
  • शनिबार, साउन ३०, २०८३
  • काठमाडौं : रोल्पाको थबाङ गाउँपालिका–५ उवाको कोटलबारामा गएको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ। पहिरोमा बेपत्ता स्थानीय लीलबहादुर पुन मगरको शरीरको अंग फेला परेपछि पहिचान भएको हो।

    लुङग्री खोलामा फेला परेको खुट्टाको पैताला प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा राखिएको थियो। उक्त पैताला थबाङ गाउँपालिका–५ कोटलबारा निवासी करिब ६१ वर्षीय लीलबहादुर पुन मगरको भएको उनका छोरा गोबबहादुर पुन मगरले सनाखत गरेका छन् ।

    सनाखतपछि परिवारले उक्त अंग बुझेर लगेको इलाका प्रहरी कार्यालय सुलिचौर, रोल्पाले जनाएको छ। यससँगै कोटलबारा पहिरोमा मृत्यु हुनेको संख्या ११ पुगेको छ। घटनामा अझै दुई जना बेपत्ता छन्। बेपत्ता हुनेमा थबाङ गाउँपालिका–५ कोटलबारा निवासी करिब ९ वर्षीय अशिम पुन मगर र करिब ८० वर्षीय अजम्बर पुन मगर रहेका छन्। बेपत्ता भएकाहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar