भक्तपुरमा ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न, हिरो एक्सपल्स २१० को अफ–रोड क्षमता प्रत्यक्ष अनुभव

  • कालिका खवर
  • आइतवार, जेष्ठ ३१, २०८३
  • भक्तपुर। सिजी मोटर्स प्रालि, नेपालका लागि हिरो मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेताले बहुप्रतिक्षित एड्भेन्चर मोटरसाइकल हिरो एक्सपल्स २१० केन्द्रित विशेष प्रयोगात्मक कार्यक्रम “द फर्स्ट २१० एक्सपिरियन्स” सफलतापूर्वक सम्पन्न गरेको छ।

    भक्तपुरको सल्लाघारी मैदानमा शनिबार बिहान ९ बजेदेखि सुरु भएको उक्त कार्यक्रममा एड्भेन्चर प्रेमी, मोटरसाइकल राइडर, सञ्चारकर्मी तथा कन्टेन्ट क्रिएटरहरूको उत्साहजनक सहभागिता रहेको थियो। प्रविधिमैत्री र भरपर्दो मोबिलिटी समाधान उपलब्ध गराउँदै आएको सिजी मोटर्स–हिरोले कार्यक्रममार्फत सहभागीहरूलाई रोमाञ्चक अफ–रोड राइडिङ अनुभव प्रदान गरेको जनाएको छ।

    कार्यक्रमअन्तर्गत नेपालका मोटरसाइकल पारखीहरूले सल्लाघारीस्थित ‘एक्सट्र्याक्स’ को विशेष रूपमा डिजाइन गरिएको ट्र्याकमा पहिलो पटक हिरो एक्सपल्स २१० को प्रत्यक्ष अनुभव लिने अवसर प्राप्त गरेका थिए। सहभागीहरूले चुनौतीपूर्ण अफ–रोड अवस्थाहरूमा मोटरसाइकलको परिमार्जित कार्यक्षमता, उत्कृष्ट सस्पेन्सन प्रणाली तथा एड्भेन्चरमैत्री क्षमताको स्थलगत परीक्षण गर्दै टेष्ट राइड गरेका थिए।

    देशभर फैलिएको हिरोको बलियो सञ्जाल र ग्राहक–केन्द्रित दृष्टिकोणमार्फत नवीन उत्पादन तथा उत्कृष्ट स्वामित्व अनुभव प्रदान गर्दै आएको सिजी मोटर्स–हिरोले नेपाली राइडरहरूको बदलिँदो आवश्यकता सम्बोधन गर्न एड्भेन्चर–केन्द्रित उत्पादनहरूमा विशेष ध्यान दिँदै आएको जनाएको छ।

    यस अवसरमा कम्पनीका प्रतिनिधिले नेपाली ग्राहकहरूलाई विश्वस्तरीय राइडिङ अनुभव उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै परम्परागत सडकको सीमाभन्दा बाहिर निस्केर अन्वेषण, बहुमुखी प्रतिभा र उच्च कार्यक्षमता खोज्ने राइडरहरूलाई लक्षित गरी हिरो एक्सपल्स २१० को विकास गरिएको बताए।

    कम्पनीका अनुसार “द फर्स्ट २१० एक्सपिरियन्स” कार्यक्रमले नयाँ गन्तव्य पहिल्याउन र एड्भेन्चरको भावनालाई आत्मसात् गर्न चाहने नेपाली राइडरहरूमाझ एक्सपल्स २१० लाई पहिलो रोजाइको एड्भेन्चर मोटरसाइकलका रूपमा स्थापित गर्ने विश्वास अझ बलियो बनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar