भक्तपुरको समग्र विकासका लागि सधै अग्रपंक्तिमा रहेर काम गर्ने भक्तपुर–२ की आजपा उम्मेदवार साहको प्रतिबद्धता

  • कालिका खवर
  • आइतवार, माघ २५, २०८२
  • भक्तपुर । आम जनता पार्टी (आजपा)का सचिवालय सदस्य एवं भक्तपुर–२ का उम्मेदवार देवकुमारी साहले चुनावी छलफल एवं भेटघाटलाई तिब्रता दिएकी छन् ।

    भक्तपुरको बालकोट, गठाटार, ठिमी लगायतका ठाउँमा आम मतदाता, पार्टीका नेताकार्यकर्तासंग भेटघाट गर्दै उनले माबाइल चुनाव चिन्हमा मतदान गरेर आजपाका उम्मेदवारलाई बिजयी बनाउन अपिल गरेकी छन् ।

    २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा आजपाबाट साहले भक्तपुर–२ मा उम्मेदवारी दिएकी छन । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. २ बालकोट निवासी आजपा सचिवालय सदस्य साह लामो समयदेखी समाजसेवामा सक्रिय महिला हुन् ।

    ‘भक्तपुर–२ का लागि स्पष्ट एजेन्डा, बाचा होइन, स्पष्ट एजेन्डा छ हामीसंग । स्वच्छ राजनीति, स्थानीयलाई रोजगारी, शिक्षा र स्वास्थ्यमा ठोस काम गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ आजपा उम्मेदवार साहले भनिन, ‘भ्रष्टाचारमा शुन्य सहनशीलता, बजेट खानेलाई सामाजिक बहिष्कार र कडा कानूनी कारवाही ।’

    आम महिला मोर्चाको बागमती प्रदेश इन्चार्ज समेत रहेकी साहले विगत लामो समयदेखी महिला अधिकारको आन्दोलनमा सक्रिय रहेकी छन । भक्तपुरको समग्र विकाश सहित धार्मिक, सांस्कृतिक, ऐतिहासिक क्षेत्रको समृद्धि एवं विकासका लागि संघर्ष गर्दै आएकी साहलाई स्थानीयले मतदान गरेर बिजयी बनाउने विश्वास व्यक्त गरेका छन् ।

    पार्टीले उनलाई उम्मेदवार बनाएपछि उनी आम जनतासंग भेटघाटमा सक्रिय भएकी छन् । भक्तपुरको शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी लगायतको विकासका लागि आफूले पहल गर्ने प्रतिबद्धता साहले व्यक्त गरेकी छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar