भिभोले नेपालमा सार्वजनिक गर्‍यो दुई नयाँ स्मार्टफोन ‘वाई ११ डि’ र ‘वाई २१ फाइभ जी’

  • कालिका खवर
  • बुधबार, जेष्ठ ६, २०८३
  • काठमाडौं । स्मार्टफोन ब्रान्ड ले नेपालमा आफ्नो वाई सिरिजअन्तर्गत दुई नयाँ स्मार्टफोन ‘वाई ११ डि’ र ‘वाई २१ फाइभ जी’ सार्वजनिक गरेको छ।

    आधुनिक प्रयोगकर्ताको परिवर्तनशील आवश्यकतालाई ध्यानमा राखेर डिजाइन गरिएका यी स्मार्टफोनहरूले उत्कृष्ट ब्याट्री क्षमता, स्मूथ प्रदर्शन तथा आकर्षक डिजाइनको संयोजन प्रस्तुत गर्दै आफ्नो सेग्मेन्टमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीले जनाएको छ।

    दुवै स्मार्टफोनमा ६५०० एमएएच क्षमताको ब्लूभोल्ट ब्याट्री प्रयोग गरिएको छ, जसले लामो समयसम्म भरपर्दो प्रयोग अनुभव प्रदान गर्ने बताइएको छ। यससँगै ४४ वाट फ्ल्यासचार्ज प्रविधि समावेश गरिएको छ, जसमा २९ तहको सुरक्षा प्रणाली रहेको कम्पनीले उल्लेख गरेको छ।

    कम्पनीका अनुसार दुवै डिभाइसमा आईपी ६५ धुलो तथा पानी प्रतिरोध क्षमता रहेको छ। साथै, प्रोफेशनल एन्टी–ड्रप डिजाइनका कारण दैनिक प्रयोगका क्रममा हुने सामान्य झट्का तथा खस्ने जोखिमबाट पनि स्मार्टफोन सुरक्षित रहने बताइएको छ।

    डिजाइनतर्फ स्मार्टफोनमा सनराइज गोल्ड कलर विकल्प र डायनामिक लाइट एक्सेन्टसहितको प्रिमियम मेटल क्यामेरा मोड्युल समावेश गरिएको छ।

    दुवै स्मार्टफोनमा १२० हर्ज रिफ्रेस रेट तथा १२०० निट्स पीक ब्राइटनेस भएको डिस्प्ले प्रयोग गरिएको छ, जसले घाममा पनि स्पष्ट दृश्य अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ। साथै, २०० प्रतिशत भोल्युम बूस्ट र अधिकतम ६ जीबी + ६ जीबी एक्सटेन्डेड र्यामको सुविधाले मल्टिटास्किङ तथा मनोरञ्जन अनुभवलाई थप सहज बनाउने उल्लेख गरिएको छ।

    फोटोग्राफीका लागि स्मार्टफोनमा ५० मेगापिक्सेलको अल्ट्रा क्लियर मुख्य क्यामेरा समावेश गरिएको छ, जसले स्पष्ट र उच्च गुणस्तरका तस्वीर खिच्न सक्ने कम्पनीले जनाएको छ।

    मूल्यका हिसाबले भिभो वाई २१ फाइभ जीको ६ जीबी + १२८ जीबी भेरियन्टको मूल्य ३२ हजार ९ सय ९९ रुपैयाँ तोकिएको छ। त्यसैगरी, भिभो वाई ११ डि दुई भेरियन्टमा उपलब्ध रहेको छ, जसअन्तर्गत ४ जीबी + १२८ जीबीको मूल्य २१ हजार ४ सय ९९ रुपैयाँ तथा ६ जीबी + १२८ जीबीको मूल्य २६ हजार ९ सय ९९ रुपैयाँ निर्धारण गरिएको छ।

    कम्पनीका अनुसार यी दुवै स्मार्टफोन नेपालभरका भिभो रिटेल स्टोर तथा मार्फत खरिदका लागि उपलब्ध छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar