भालेश्वर महादेव मन्दिरमा महाशिवरात्री विशेष अनुष्ठान र भजन–कीर्तनको तयारी तीव्र

  • कालिका खवर
  • शनिबार, फाल्गुन २, २०८२
  • काठमाडौँ । चन्द्रागिरि स्थित भालेश्वर महादेव मन्दिर मा महाशिवरात्रीको पावन अवसरलाई लक्षित गर्दै विशेष धार्मिक अनुष्ठान तथा भजन–कीर्तन उत्सवको तयारी तीव्र रूपमा भइरहेको छ। मन्दिर परिसरलाई आकर्षक रूपमा साजसज्जा गरिएको छ भने व्यवस्थापनका सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको मन्दिर समितिले जनाएको छ।

    भोलि महाशिवरात्रीका दिन रुद्राभिषेक, पाञ्चायन पूजा, मध्याह्न आरती, पोखराको युवा भजन समूहको सहभागितामा विशेष भजन–कीर्तन उत्सव तथा महा आरती लगायतका धार्मिक कार्यक्रमहरू सञ्चालन गरिने कार्यक्रम तय गरिएको छ।

    उक्त अवसरमा देशका विभिन्न स्थानबाट भक्तजनहरूको उल्लेख्य उपस्थिति रहने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागी भई भक्तजनहरूले प्रसाद ग्रहण गर्नुका साथै भगवान् भालेश्वर महादेवको आशिर्वाद प्राप्त गर्न सक्ने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar