बढ्दो गर्मीका कारण वीरगञ्जका विद्यालयको पठनपाठन समय परिवर्तन

  • कालिका खवर
  • आइतवार, असार २१, २०८३
  • वीरगञ्ज, असार २१।बढ्दो गर्मी तथा उच्च तापक्रमलाई मध्यनजर गर्दै वीरगञ्ज महानगरपालिकाले महानगरभित्र सञ्चालित सबै सामुदायिक तथा संस्थागत विद्यालयको पठनपाठन समय अस्थायी रूपमा परिवर्तन गरेको छ।

    महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार असार २२ गते सोमबार र असार २३ गते मंगलबार विद्यालयको पठनपाठन बिहान ९:३० बजेसम्म सकाउने गरी कक्षा सञ्चालन गर्न निर्देशन दिइएको छ।

    विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राख्दै अत्यधिक गर्मीका कारण हुन सक्ने स्वास्थ्य जोखिम न्यूनीकरण गर्ने उद्देश्यले उक्त निर्णय गरिएको महानगरपालिकाले जनाएको छ।

    महानगरपालिकाले सबै विद्यालय प्रशासन, शिक्षक, अभिभावक तथा सम्बन्धित सरोकारवालालाई जारी निर्देशनको पूर्ण पालना गर्न अनुरोध गरेको छ। साथै मौसमको अवस्थालाई निरन्तर मूल्याङ्कन गर्दै आवश्यक परे थप निर्णय गरिने पनि महानगरपालिकाले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar