बद्री, प्रताप र एलिनाले सकाए अमेरिका यात्रा,  ′अब सुन्छ अमेरिका’ को समापन

  • कालिका खवर
  • सोमवार, कार्तिक १०, २०८२
  • काठमाडौँ । फ्लाइ नेपा ट्राभल्सको आयोजनामा अमेरिकाका विभिन्न सहरमा चलेको सांगीतिक कार्यक्रम ′अब सुन्छ अमेरिका’ समापन भएको छ । सन् २०२५ का अगस्ट, सेप्टेम्बर र अक्टोबर महिनामा अमेरिकाको न्युयोर्क, डालस टेक्सास, अस्टिन, नियाग्राफल्स, बोस्टन, न्यू ह्याम्पशायर, बाल्टिमोर, सिनसिनाटी ओहायो, शिकागो, एक्रोन ओहायो, कोलम्बस ओहायो, कोलोराडो , सन फ्रान्सिस्को आदि ठाउँमा सांगीतिक कार्यक्रम सम्पन्न भएको थियो । तीन महिना लामो सांगीतिक कार्यक्रममा गायकहरु बद्री पङ्गेनी, प्रताप दास र एलिना चौहानले दर्शकलाई आफ्ना गीतमार्फत् मनोरञ्जन गराएका थिए ।

    कार्यक्रम भएका ठाउँमा दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो । तीज नलाग्दै अमेरिका पुगेका गायक गायिकाले तीज हुँदै दसैँ तिहारसम्मका चाडमा दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

    कार्यक्रमका संयोजक तथा परिकल्पनाकार विनोद अधिकारीले गर्मी मौसम सकिँदो र चिसो मौसम शुरु हुने अत्यन्त अनुकूल मौसम भएका महिनामा अमेरिकाको पूर्वदेखि पश्चिममा रहेका नेपालीहरुसम्म पुगेको जानकारी गराएका छन् । अधिकारीले यो क्रममा हजारौ माइलको फराकिलो दूरीको यात्रा पार गरेको बताए ।

    ̋समग्रमा कार्यक्रम परिकल्पना गरे जस्तै अत्यन्त सफलतापूर्वक सम्पन्न भएको छ र आफूले कलाकार मित्रसँग गरेको शर्त तथा बाचा बमोजिमको सम्पूर्ण जिम्मेवारी पूरा गरेको छु । यसका लागि कलाकार मित्रहरु, स्थानीय आयोजक, प्रायोजक, आदरणीय दर्शकहरु, प्रचारप्रसारमा सहयोग गर्ने मिडिया तथा सामाजिक प्रयोग कर्ताहरु साथै यस कार्यक्रमलाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा अहोरात्र खटिएर सहयोग गर्नुहुने तपाई सम्पूर्ण प्रति आभारी छु, अधिकारीको भनाइ छ ।″

    उनले आगामी दिनमा पनि यसैगरी नेपाल र नेपालीलाई जोड्ने कार्यक्रमका लागि मन, वचन र कर्मले लागिपर्ने  बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar