बालेनलाई जस्तै गगनलाई पनि एक्लै चलाउने रोग लागेको छ : महत

  • कालिका खवर
  • बुधबार, साउन ६, २०८३
  • काठमाडौं : नेपाली कांग्रेस संस्थापन इतर समूहका नेता प्रकाशशरण महतले पार्टी सभापति गगन कुमार थापालाई एक्लै चलाउने रोग लागेको टिप्पणी गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा आयोजित बीपी कोइरालाको ४४ औं स्मृति दिवसमा आयोजति सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो टिप्पणी गरेका हुन् ।

    गिरिजाप्रसाद कोइरालाले समेत सबैसँग सल्लाह गर्ने गरेको उनले स्मरण गरे । ‘गिरिजाबाबुले समेत सोध्नुहुन्थ्यो, मलाई यस्तो लागेको छ, के गर्ने हो तिमिहरू भन भन्नुहुन्थ्यो । तर, आज सबैलाई एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको छ,’ उनले भने, ‘देशको प्रधानमन्त्री एक्लै चलाउन चाहनुहुन्छ, सत्ताधारी पार्टीको नेता एक्लै चलाउन चाहनुहुन्छ ।

    प्राविधिक रुपमा विशेष महाधिवेशनबाट नेतृत्वमा आउनुभएको नेता गगनजी हुनुहुन्छ, उहाँलाई पनि एक्लै चलाउनुपर्छ भन्ने रोग लागेको छ ।’ पार्टीको विचार र सिद्धान्त त्यस्तो नभएको उनको भनाइ छ । ‘नेपाली कांग्रेसको विचार यस्तो होइन । नेपाली कांग्रेसको विधि सबैलाई जोडेर अघि बढ्छ । त्यो विचार हो नेपाली कांग्रेस,’ महतले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar