बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड लगानी गर्दै राष्ट्र बैंक

  • कालिका खवर
  • आइतवार, मंसिर २८, २०८२
  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकहरुको मुद्दती निक्षेपमा ६ अर्ब ६० करोड रुपैयाँ लगानी गर्ने भएको छ ।

    राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको ६ अर्ब ६० करोड रुपैयाँ बैंकहरुको मुद्दती निक्षेपमा लगानी गर्न लागिएकाे हाे । मंसिर २९ गते राति ७ बजेसम्म ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले बैंकहरुलाई आह्वान गरेको छ ।

    कुल रकममध्ये राष्ट्र बैंकले वाणिज्य बैंकमा ५ अर्ब २८ करोड रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ९९ करोड रुपैयाँ र राष्ट्रियस्तरका वित्त कम्पनीमा ३३ करोड रुपैयाँ मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएकाे छ ।

    यो लगानी सन् २०२५ डिसेम्बर १८ देखि २०२६ डिसेम्बर १८ सम्म ३६६ दिनका लागि हुने केन्द्रीय बैंकले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar