बागमतीका सांसदले ६ दिनभित्र योजना नबुझाए बजेट नपर्ने

  • कालिका खवर
  • बुधबार, बैशाख १६, २०८३
  • हेटौँडा : बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेटका लागि आयोजना छनोट गर्न सांसदहरूलाई योजना पठाउन सूचना जारी गरेको छ । आर्थिक मामला तथा योजना मन्त्रालयले बुधवार पत्र लेख्दै वैशाख २१ गतेभित्रै योजनाको विवरण बुझाउन अल्टिमेटम दिएको हो ।

    मन्त्रालयले प्रदेश सभाका सदस्यहरूलाई पत्राचार गर्दै ६ दिनको समयसीमाभित्र बजेट तर्जुमाका लागि वार्षिक आयोजना प्रस्ताव तथा छनोट सम्बन्धी निर्देशिका, २०८३ अनुसारका योजनाहरू माग गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar