अप्रिलमा रेकर्ड बिक्रीसहित रोयल इन्फिल्डको दमदार सुरुवात, ३१ प्रतिशतले वृद्धि

  • कालिका खवर
  • आइतवार, बैशाख २०, २०८३
  • काठमाडौं । Royal Enfield ले आर्थिक वर्ष २०२६/२७ को पहिलो महिना अप्रिलमा रेकर्ड बिक्री गर्दै उत्साहजनक सुरुवात गरेको छ। कम्पनीले सो महिनामा भारतमा मात्र १ लाख १३ हजार १६४ युनिट मोटरसाइकल बिक्री गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१ प्रतिशतले बढी हो।

    घरेलु बजारमा पनि कम्पनीको प्रदर्शन उल्लेखनीय रहेको छ। अप्रिल महिनामा भारतमै १ लाख ४ हजार १२९ युनिट मोटरसाइकल बिक्री भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ३७ प्रतिशत वृद्धि हो। यद्यपि निर्याततर्फ भने केही कमी देखिएको छ, जहाँ कम्पनीले ९ हजार ३५ युनिट मोटरसाइकल निर्यात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा १४ प्रतिशतले कम हो।

    कम्पनीको बिक्री वृद्धिमा ३५० सीसी सेग्मेन्टका मोटरसाइकलहरूको मुख्य योगदान रहेको छ। Royal Enfield का बुलेट ३५०, क्लासिक ३५०, साथै हन्टर ४५० र हिमालयन ४५० मोडलहरूले बजारमा राम्रो माग सिर्जना गरेका छन्।

    यसै महिनामा कम्पनीले आफ्नो पहिलो इलेक्ट्रिक मोटरसाइकल ‘फ्लाइङ फ्ली सी६’ पनि सार्वजनिक गरेको छ। सन् १९४० को दशकको फ्लाइङ फ्ली डिजाइनबाट प्रेरित यो इलेक्ट्रिक बाइक आगामी दिनमा भारतका प्रमुख सहरहरूमा उपलब्ध हुने अपेक्षा गरिएको छ ।

    विश्व बजारमा पनि रोयल इन्फिल्डको ब्रान्ड शक्ति निरन्तर बढिरहेको छ। हालै प्रकाशित एक अन्तर्राष्ट्रिय ब्रान्ड मूल्याङ्कन प्रतिवेदनमा कम्पनी विश्वकै तेस्रो सबैभन्दा बलियो अटोमोबाइल ब्रान्डका रूपमा सूचीकृत भएको छ। कम्पनीले आफ्नो ब्रान्ड मूल्य ३० प्रतिशतले बढाएर १.२ अर्ब अमेरिकी डलर पुर्‍याएको बताइएको छ।

    नेपालमा समेत Royal Enfield निकै लोकप्रिय ब्रान्डका रूपमा परिचित छ। यसको आधिकारिक वितरकका रूपमा अल्फा अटोमोटिभ ले नेपालभर बिक्री तथा सेवा प्रदान गर्दै आएको

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar