अछाममा १३ वर्षीया बालिकामाथि जबरजस्ती करणी

  • कालिका खवर
  • बुधबार, अशोज १, २०८२
  • अछाम । अछामको साँफेबगर नगरपालिका-४, जनकल्याण टोल बस्ने ३२ वर्षीय महेश भुललाई बलात्कारको अभियोगमा प्रहरीले पक्राउ गरेको छ। मंगलबार साँझ उनलाई पक्राउ गरिएको हो।

    १३ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परेको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय साँफेबगरबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो। यस घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar