आइतबार सेयर बजारमा गिरावट, नेप्से १२.५० अंकले घट्यो

  • कालिका खवर
  • आइतवार, मंसिर २८, २०८२
  • काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १२.५० अंकले घटेर २५ सय ९४ दशमलव ८७ बिन्दुमा झरेको छ ।

    नेप्से परिसूचक घटे पनि यसदिन अघिल्लाे दिनकाे तुलनामा काराेबार रकम भने बढेकाे छ । आज ३३० कम्पनीको १ कराेड १२ लाख ७२ हजार १६८ कित्ता सेयर ४ अर्ब ७४ लाख ५५ हजारमा कारोबार भएको छ ।

    गत शुक्रबार ३२६ कम्पनीको ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ३ अर्ब ४९ कराेड ७९ लाख ७९ हजारमा कारोबार भएको थियाे ।

    यसदिन बैंकिङ र म्युच्युअल फण्ड बाहेक सबै समुहका सेयर घटेका छन् ।

    आज ५६ कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने १९७ कम्पनीकाे सेयर बूल्य घटेकाे छ भने ६ कम्पनीकाे स्थिर छ । यसदिन स्वस्तिक लघुवित्त र एसवाई प्यानल नेपालकाे सेयर मूल्य १० प्रतिशत घटेकाे छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar