आईपीओ निष्कासन गर्दै पशुपति भेन्चर, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

  • कालिका खवर
  • बिहिबार, पुस ३, २०८२
  • काठमाडौं । सिटिजन्स क्यापिटल लिमिटेड र पशुपति भेन्चर लिमिटेडबीच साधारण शेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्तीसम्बन्धी सम्झौता भएको छ । सम्झौतामा पशुपति भेन्चरका तर्फबाट सञ्चालक दिनेशप्रसाद श्रेष्ठ तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिरबादे श्रेष्ठले हस्ताक्षर गरे ।

    सम्झौता अनुसार सिटिजन्स क्यापिटलले पशुपति भेन्चरको सार्वजनिक निष्कासनको लागि नेपाल धितोपत्र बोर्डको स्वीकृति पश्चात बिक्री प्रबन्धकको कार्य गर्नेछ । पशुपति भेन्चर एक इन्भेष्टमेन्ट कम्पनी हो र यसले विगत १५ वर्षदेखि विभिन्न हाइड्रोपावर कम्पनीहरुमा लगानी गर्दै आइरहेको छ ।

    यस कम्पनीको लगानी रहेको खानी खोला हाइड्रोपावर कम्पनी तथा माया खोला हाइड्रोपावर कम्पनी लगायतका जलविद्युत कम्पनीहरुले आयोजनाहरु सम्पन्न गरी विद्युत उत्पादन गर्दै आइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar