मनकामना केबलकार २९ औं वर्षमा प्रवेश, २ करोड १२ लाख बढी यात्रुलाई सेवा

  • कालिका खवर
  • सोमवार, मंसिर ७, २०८३
  • काठमाडौं । चितवन को–ई समूहअन्तर्गतको मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालको पहिलो केबलकारको रुपमा परिचित मनकामना केबलकार आफ्नो २८ औं वर्षको सफल सञ्चालन पूरा गरी २९ औं वर्षमा प्रवेश गरेको छ । कम्पनीका अनुसार केबलकारले हालसम्म २ करोड १२ लाखभन्दा बढी यात्रुहरूलाई केबलकार सेवा प्रदान गरिसकेको छ ।

    यस समूहका स्वर्गीय संस्थापक लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना तथा स्थापनामा सुरु भएको केबलकारले नेपालको पर्यटन र पूर्वाधार विकासको क्षेत्रमा एक अग्रणी उद्यमको रूपमा आफूलाई स्थापित गरेको छ । यस विशेष अवसरमा कम्पनीले स्वर्गीय संस्थापकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उनले देखाएको मार्गनिर्देशन र दूरदृष्टिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

    कम्पनीले केबलकार सेवाप्रति माया, विश्वास र साथ–सहयोग प्रदान गर्ने सम्पूर्ण ग्राहकवर्गप्रति हार्दिक आभार प्रकट गरेको छ । साथै, कम्पनीलाई यस उचाइसम्म पुर्‍याउन अहोरात्र खटिने सम्पूर्ण कर्मचारीहरू, पर्यटन तथा आतिथ्य (हस्पिटालिटी) क्षेत्रका सम्पूर्ण साझेदारहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।

    यस्तै, कम्पनीले सहिद लखन गाउँपालिका र इच्छाकामना गाउँपालिका, स्थानीय समुदाय, चितवन र गोरखा जिल्ला प्रशासन कार्यालय तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति निरन्तर साथ र सहयोगका लागि कृतज्ञता व्यक्त गरेको छ । आगामी दिनमा यात्रुहरूलाई अझ उत्कृष्ट सेवा तथा स्तरीय अनुभव प्रदान गर्न सदैव प्रतिबद्ध रहने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar