सहमहामन्त्रीहरूको अन्तिम परिणाम अपराह्नसम्म आउने, जनसम्पर्कको गणना थालिँदै

  • कालिका खवर
  • सोमवार, अशोज २६, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीहरूको गतगणना जारी रहेको छ । सहमहामन्त्रीहरूको अन्तिम मत परिणाम सोमबार अपराह्नसम्म सार्वजनिक गरिने निर्वाचन समिति संयोजक प्रेमबहादुर खड्काले जानकारी दिए ।

    सहमहामन्त्रीको खुलामा रामहरि खतिवडा र अजयबाबु शिवाकोटी अगाडि छन् भने महिलातर्फ प्रतिमा गौतम अगाडि रहेकी छिन् । अन्यको पनि मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ ।

    संयोजक खड्काका अनुसार, जनसम्पर्कबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मतगणना अहिले थालिँदै छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar