नेपालमा नयाँ १५० सीसी भेस्पा स्कुटर सार्वजनिक हुँदै, असोज २६ मा अनावरण गरिने

  • कालिका खवर
  • आइतवार, अशोज २५, २०८३
  • काठमाडौं। नेपालमा भेस्पा स्कुटरको आधिकारिक वितरक डेल्टा अटोकर्प प्रा.लि.ले आगामी असोज २६ गते (अक्टोबर १२, २०२६) नयाँ १५० सीसी भेस्पा स्कुटर सार्वजनिक गर्ने भएको छ। कम्पनीले काठमाडौंको त्रिपुरेश्वरस्थित आफ्नो शोरुममा नयाँ स्कुटर सार्वजनिक गर्ने तयारी गरेको हो।

    नयाँ मोडल सार्वजनिक भएसँगै नेपाली बजारमा भेस्पाको स्कुटर पोर्टफोलियो थप विस्तार हुनेछ। इटालियन डिजाइन, विशिष्ट स्टाइल र फरक राइडिङ अनुभव रुचाउने ग्राहकलाई लक्षित गर्दै कम्पनीले नयाँ स्कुटर बजारमा ल्याउन लागेको हो।

    भेस्पाले आफ्नो कालजयी डिजाइन र विशिष्ट पहिचानका कारण नेपाली स्कुटर बजारमा छुट्टै स्थान बनाउँदै आएको छ। नयाँ १५० सीसी मोडलले ब्रान्डको उपस्थिति थप बलियो बनाउने कम्पनीको अपेक्षा छ।

    नयाँ स्कुटरको सार्वजनिकीकरणबारे डेल्टा अटोकर्प प्रा.लि.का निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत विजय के. महतोले भेस्पा सधैं कालजयी इटालियन डिजाइन, व्यक्तित्व र विशिष्ट राइडिङ अनुभवको प्रतीक रहँदै आएको बताए।

    उनले नयाँ १५० सीसी मोडलमार्फत नेपाली ग्राहकलाई भेस्पा परिवारमा थप एउटा विकल्प उपलब्ध गराउन पाउँदा कम्पनी उत्साहित रहेको उल्लेख गरे। साथै, ब्रान्डको विशिष्ट चरित्र र विरासत झल्कने उत्पादनमार्फत नेपाली बजारमा भेस्पाको उपस्थिति अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

    कम्पनीका अनुसार नयाँ स्कुटर सार्वजनिक गर्ने कार्यक्रममा आमन्त्रित अतिथि तथा शुभचिन्तकहरूको उपस्थिति रहनेछ। उक्त कार्यक्रममा स्कुटरका विशेषता, उपलब्धता तथा अन्य विवरण सार्वजनिक गरिनेछ।

    डेल्टा अटोकर्पले आफ्नो वितरण सञ्जालमार्फत देशभरका ग्राहकलाई भेस्पाका विभिन्न मोडल उपलब्ध गराउँदै आएको छ। नयाँ १५० सीसी स्कुटरको मूल्य, प्राविधिक विशेषता र बजारमा उपलब्ध हुने समयबारे भने कम्पनीले औपचारिक सार्वजनिक कार्यक्रममा जानकारी दिने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar