२४ घण्टामा ९७५ जना चालक ट्राफिक कारबाहीमा

  • कालिका खवर
  • मङ्लबार, अशोज ६, २०८३
  • काठमाडौं : ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ९७५ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४८, सिसिटिभिमार्फत ६१, रातोबत्तीमा ५१ जना चालकलाई कारबाही गरिएको छ ।

    यसैगरी, तीव्रगतिमा १३०, हर्न निषेधमा २१, लेन क्रसमा ४७, अवस्था ठिक नभएको ५५, एकतर्फीमा १४ र अन्यमा ५४८ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar