सामसङ नेपालको दशैं–तिहार अफर : टिभी तथा होम अप्लायन्समा लक्की ड्रदेखि क्यासब्याकसम्म

  • कालिका खवर
  • आइतवार, अशोज ४, २०८३
  • काठमाडौं । सामसङ नेपालले दशैं–तिहारको अवसर पारेर आफ्ना टिभी तथा होम अप्लायन्समा ‘स्मार्ट अपग्रेड घरमा, लक्की सर्प्राइज चाडमा’ योजना सार्वजनिक गरेको छ। यो अभियान २० सेप्टेम्बरदेखि १६ नोभेम्बर २०२६ सम्म सञ्चालन हुनेछ।

    अफरअन्तर्गत सामसङका टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन तथा एसी खरिद गर्ने ग्राहकले दैनिक तथा साप्ताहिक लक्की ड्रमा सहभागी हुनुका साथै थप क्यासब्याक र निश्चित उपहार प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

    कम्पनीका अनुसार अभियान अवधिमा खरिद गरिएका उत्पादन दर्ता गरी ग्राहक लक्की ड्रमा सहभागी हुन सक्नेछन्। दैनिक लक्की ड्रमार्फत ३१ जना विजेता छनोट गरिनेछन्। उनीहरूले सामसङको ९ केजी फ्रन्टलोड वासिङ मेसिन वा ५५ इन्च यूएचडी टिभीमध्ये एक उपहार जित्ने अवसर पाउनेछन्। त्यस्तै, साप्ताहिक रूपमा ८ जना विजेताले १ टन सामसङ एसी जित्ने अवसर पाउनेछन्।

    टिभी खरिद गर्ने ग्राहक दैनिक लक्की ड्रमार्फत ९ केजी फ्रन्टलोड वासिङ मेसिन जित्न सक्नेछन् भने वासिङ मेसिन, रेफ्रिजेरेटर वा एसी खरिद गर्ने ग्राहकले ५५ इन्च यूएचडी टिभी जित्ने अवसर पाउनेछन्। सबै चार श्रेणीका उत्पादन खरिदमा साप्ताहिक लक्की ड्रमा सहभागी हुन सकिने कम्पनीले जनाएको छ।

    यसरी सहभागी हुन सकिने

    अफरमा सहभागी हुन ग्राहकले अभियान अवधिमा सामसङको टिभी, रेफ्रिजेरेटर, वासिङ मेसिन वा एसी खरिद गर्नुपर्नेछ। त्यसपछि उत्पादनको पछाडि रहेको स्टिकरमा उल्लेखित १४ अंकको सिरियल नम्बर प्रयोग गरी Samsung [१४ अंकको सिरियल नम्बर] लेखेर ३७२७३ मा एसएमएस पठाउनुपर्नेछ।

    एसएमएस पठाएपछि ग्राहकले तत्कालै पुष्टि सन्देश प्राप्त गर्नेछन्। लक्की ड्रका विजेताको घोषणा प्रत्येक बुधबार Image Channel को ‘Music of Your Choice’ कार्यक्रममा गरिनेछ। विजेताको सूची Smart Plaza र Big Digital का फेसबुक पेजमा समेत सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

    लक्की ड्रसँगै ग्राहकले छानिएका सामसङ टिभी तथा होम अप्लायन्स खरिदमा विभिन्न क्यासब्याक तथा उपहारसमेत पाउनेछन्। टिभी खरिदमा २६ प्रतिशतसम्म क्यासब्याक, निःशुल्क साउन्डबार तथा छानिएका मोडलमा १२ महिनासम्म निःशुल्क नेटटीभी प्याकेज उपलब्ध हुनेछ।

    त्यस्तै, रेफ्रिजेरेटरमा २१ प्रतिशतसम्म क्यासब्याक र ५ हजार रुपैयाँसम्मको एक्सचेञ्ज बोनस उपलब्ध हुनेछ। वासिङ मेसिनमा १८ प्रतिशतसम्म क्यासब्याक, ३ हजार रुपैयाँसम्मको एक्सचेञ्ज बोनस तथा छानिएका मोडलमा ६ केजी सर्फ एक्सेल म्याटिक डिटर्जेन्ट निःशुल्क उपलब्ध हुने कम्पनीले जनाएको छ।

    यसका साथै, हुलास फिनसर्भ हायर पर्चेजअन्तर्गत सञ्चालन हुने सामसङ इन्स्टा फाइनान्स सेवामार्फत ग्राहकले १२ वा २४ महिनाको ईएमआई योजनामा समेत सामान खरिद गर्न सक्नेछन्।

    पुराना उपकरण साटेर नयाँ सामसङ होम अप्लायन्समा अपग्रेड गर्न चाहने ग्राहकले नेपालभरका आधिकारिक सामसङ रिटेल स्टोरबाट एक्सचेञ्ज सुविधा लिन सक्ने कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar