मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

  • कालिका खवर
  • आइतवार, अशोज ४, २०८३
  • सर्लाही । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार गए राति मलङ्गवार नगरपालिका–११ गम्हरियामा मोटरसाइकलको ठक्करबाट ७० वर्षका वाल्मीकि रायको मृत्यु भएको हो ।

    सोही मोटरसाइकलको ठक्करबाट साइकलचालक मलङ्गवा नगरपालिका–४ का ५९ वर्षका महेश महतो घाइते भएका छन् । निजको प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न मोटरसाइकल र त्यसका चालक कविलासी नगरपालिका–६ का रामलोचन रायलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar