नबिल बैंकलाई एडीबीको ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ अवार्ड

  • कालिका खवर
  • मङ्लबार, भदौ २३, २०८३
  • काठमाडौँ । एशियाली विकास बैंक (ADB)ले ‘लिडिङ पार्टनर बैंक इन नेपाल’ अवार्डबाट नबिल बैंक लिमिटेडलाई सम्मानित गरेको छ।

    एडीबीको १२औँ वार्षिक ट्रेड एन्ड सप्लाई चेन फाइनान्स प्रोग्राम (TSCFP) अवार्ड्समा नबिल बैंकलाई नेपालमा अग्रणी साझेदार बैंकका रूपमा सम्मान गरिएको हो। बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले उक्त सम्मान ग्रहण गरेका हुन्।

    बैंकका अनुसार यो सम्मानले एसिया तथा प्रशान्त क्षेत्रमा व्यापार तथा आपूर्ति शृङ्खला वित्तको विकासमा नबिल बैंकले पुर्‍याउँदै आएको योगदान र प्रतिबद्धतालाई प्रमाणित गरेको छ। विभिन्न व्यवसायलाई वित्तीय सहयोग उपलब्ध गराउँदै व्यापार विस्तार तथा आर्थिक वृद्धिमा सहयोग पुर्‍याएको बैंकको भूमिकालाई समेत अवार्डले प्रतिबिम्बित गरेको जनाइएको छ।

    अवार्ड समारोह Global Trade Review (GTR) Asia Conferenceसँगै आयोजना गरिएको थियो। कार्यक्रममा एसिया तथा प्रशान्त क्षेत्रका विभिन्न मुलुकका व्यापार वित्त क्षेत्रका विज्ञ, साझेदार बैंक तथा उद्योग क्षेत्रका सरोकारवालाहरूको सहभागिता रहेको थियो।

    नबिल बैंकले यो उपलब्धिलाई आफ्ना ग्राहक, साझेदार तथा सरोकारवालासँगको निरन्तर सहकार्यको परिणामका रूपमा लिएको जनाएको छ। आगामी दिनमा पनि व्यापार तथा आपूर्ति शृङ्खला वित्तलाई थप प्रभावकारी बनाउँदै व्यवसाय तथा आर्थिक गतिविधिलाई सहयोग गर्ने प्रतिबद्धता बैंकले व्यक्त गरेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar