गोल्छा परिवारद्वारा प्रधानमन्त्री उद्धार कोषमा १ करोड ११ लाख सहयोग

  • कालिका खवर
  • मङ्लबार, भदौ २३, २०८३
  • काठमाडौं । गोल्छा परिवारले प्रधानमन्त्री उद्धार कोषमा रु. १ करोड ११ लाख सहयोग गरेको छ।

    मुलुकमा आइपरेको विषम परिस्थितिप्रति ऐक्यबद्धता जनाउँदै गोल्छा परिवारले आफ्नो परोपकारी संस्था ‘श्री रामलालजी ढापीदेवी गोल्छा च्यारिटी ट्रष्ट’ मार्फत भाद्र २२ गते उक्त रकम हस्तान्तरण गरेको हो।

    ट्रष्टका अनुसार सहयोग रकम देशका विभिन्न भागमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायका लागि नेपाल सरकारद्वारा सञ्चालन भइरहेको आपत्कालीन उद्धार, राहत, पुनर्स्थापना तथा पुनर्निर्माण कार्यमा उपयोग गरिनेछ।

    विपद्का कारण प्रभावित सम्पूर्ण परिवारप्रति गहिरो सहानुभूति व्यक्त गर्दै ट्रष्टले संकटको यस घडीमा राष्ट्र र नागरिकको साथमा उभिने आफ्नो निरन्तर प्रतिबद्धतासमेत दोहोर्‍याएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar