मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने

  • कालिका खवर
  • सोमवार, भदौ २२, २०८३
  • काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेड (MNBBL) ले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने भएको छ।

    मुक्तिनाथ विकास बैंकको भदौ १९ गते बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले दुवै वित्तीय संस्थालाई प्राप्ति गर्ने निर्णय गरेको हो। बैंकका अनुसार प्राप्तिका लागि सिन्धु विकास बैंक र जानकी फाइनान्ससँग सोही दिन प्रारम्भिक सम्झौता (MoU) समेत हस्ताक्षर भइसकेको छ।

    मुक्तिनाथ विकास बैंकले यसअघि वाणिज्य बैंकमा स्तरोन्नति हुने उद्देश्यसहित नेपाल राष्ट्र बैंकमा आवेदन दिएको थियो। सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति गर्ने निर्णयलाई बैंकको व्यवसाय, पूँजी तथा वित्तीय पहुँच विस्तार गर्ने रणनीतिक कदमका रूपमा हेरिएको छ।

    प्राप्ति प्रक्रिया सम्पन्न भएपछि एकीकृत संस्थाको नाम, शेयर स्वाप अनुपात, पूँजी संरचना तथा एकीकृत कारोबार सुरु हुने मिति लगायतका विषय सम्बन्धित नियामकीय स्वीकृति र आवश्यक प्रक्रिया पूरा भएपछि टुंगो लाग्नेछ।

    तीन संस्थाको शेयर मूल्य

    पछिल्लो बजार कारोबारअनुसार मुक्तिनाथ विकास बैंकको शेयर मूल्य प्रतिशेयर ३५६.९० रुपैयाँ रहेको छ। त्यस्तै, सिन्धु विकास बैंकको शेयर ५८५.५० रुपैयाँ र जानकी फाइनान्सको शेयर ३६८.९० रुपैयाँमा कारोबार भइरहेको छ।

    यो प्राप्ति प्रक्रिया सफल भएमा मुक्तिनाथ विकास बैंकको पूँजी, व्यवसायको आकार र वित्तीय पहुँच थप विस्तार हुने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar