बाढीपीडितको उद्धार तथा पुनःस्थापनाका लागि साइमेक्स बीवाइडीको ७ करोड सहयोग

  • कालिका खवर
  • मङ्लबार, भदौ १६, २०८३
  • काठमाडौं । नेपालका लागि बीवाइडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले गत अगस्ट २६ मा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माण कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ सहयोग गरेको छ।

    कम्पनीले उक्त रकमको चेक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको जनाएको छ।

    विनाशकारी बाढीका कारण धेरै परिवार तथा समुदायले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै साइमेक्स बीवाइडीले प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनामा सहयोग गर्ने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराएको जनाएको छ।

    बाढीका कारण आफ्ना प्रियजन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै कम्पनीले विस्थापित तथा प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाएको छ। साथै, बाढीबाट प्रभावित समुदायको पुनर्निर्माण र सामान्य जनजीवन पुनःस्थापनाका लागि निरन्तर खटिरहेका सबैप्रति सम्मान व्यक्त गरेको छ।

    साइमेक्स बीवाइडीले यस कठिन घडीमा बाढीपीडित सबै नागरिकसँग आफ्नो साथ, प्रार्थना र ऐक्यबद्धता रहने जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar