स्काईवेलको ‘नाडा अफर’ आज सकिँदै, बीई ११ मा ५ लाख रुपैयाँसम्म छुट

  • कालिका खवर
  • आइतवार, भदौ १४, २०८३
  • काठमाडौँ । स्काईवेल ईभीको नेपालका लागि आधिकारिक बिक्रेता एलआरआर मोटर्सले ‘नाडा अटो शो २०२६’को अवसरमा सार्वजनिक गरेको विशेष ‘नाडा अफर’ आज आइतबार, २०८३ भदौ १४ गते सकिँदैछ।

    कम्पनीले स्काईवेल बीई११ मोडलका ईभीमा नाडा अफरअन्तर्गत ५ लाख रुपैयाँसम्म छुट उपलब्ध गराएको छ। यो विशेष अफर अटो शोको अन्तिम दिन अर्थात् आज आइतबारसम्म बुकिङ गर्ने ग्राहकले प्राप्त गर्न सक्नेछन्।

    नाडा अटो शो अवधिभरका लागि कम्पनीले ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ। त्यस्तै, ४१० किलोमिटर रेन्जकै कम्फर्ट भेरियन्टको मूल्य ५३ लाख ९९ हजार, लक्जरी भेरियन्टको मूल्य ५४ लाख ९९ हजार र ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ।

    अटो शो सकिएपछि भने गाडीहरूको मूल्य बढ्ने कम्पनीले जनाएको छ। त्यसअनुसार ४१० किलोमिटर रेन्ज दिने इन्ट्री भेरियन्टको मूल्य ४९ लाख ९९ हजार, कम्फर्ट भेरियन्टको ५५ लाख ९९ हजार, लक्जरी भेरियन्टको ५६ लाख ९९ हजार तथा ५२० किलोमिटर रेन्ज दिने भेरियन्टको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ कायम हुनेछ।

    जारी नाडा अटो शोमा स्काईवेल बीई११ को आकर्षक मूल्यले धेरैको ध्यान खिचेको छ। लक्जरी ईभी एसयूभीलाई तुलनात्मक रूपमा कम मूल्यमा उपलब्ध गराइएकाले यसको बुकिङ पनि उल्लेख्य मात्रामा भइरहेको बताइएको छ। कुल बुकिङ संख्या भने कम्पनीले आइतबार साँझसम्म सार्वजनिक गर्ने जनाएको छ।

    यसैबीच, एलआरआर मोटर्सले अटो शो सकिएलगत्तै स्काईवेल बीई११ को टेस्ट ड्राइभ सुरु गर्ने तयारी गरेको जनाएको छ। ग्राहकहरूले केही दिनभित्रै गाडीको प्रत्यक्ष टेस्ट ड्राइभ अनुभव गर्न सक्ने कम्पनीको भनाइ छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar