बाढी प्रभावितको राहत तथा पुनर्स्थापनाका लागि पद्यम ज्योति ग्रुपद्वारा १ करोड सहयोग

  • कालिका खवर
  • शनिबार, भदौ १३, २०८३
  • काठमाडौं । हालै नेपालको विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोले जनजीवनमा गम्भीर असर पुर्‍याएको छ । यस्तो दुःखद् परिस्थितिमा प्रभावित परिवार तथा समुदायलाई राहत तथा पुनर्स्थापनार्थ सहयोग पुर्‍याउने उद्देश्यका साथ पद्यम ज्योति ग्रुपअन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत १ करोड रुपैयाँ सहयोग गरेको छ ।

    प्राकृतिक विपत्तिका कारण प्रभावित भएका परिवारहरुको तत्कालिन राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले यो योगदान गरिएको हो ।

    नेपालका लागि होन्डाको प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङ कम्पनीले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोगका लागि योगदान गरेको हो ।

    “यस कठिन घडीमा प्रभावित सबै परिवार तथा समुदायको साथमा छौँ । राहत तथा पुनर्स्थापनाको काममा सकारात्मक योगदान पुर्‍याउनु कम्पनीको उद्देश्य हो ।” कम्पनीले भनेको छ ।

    विपत्तिपछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकारी तथा विभिन्न सरोकारवाला निकायहरुले गरिरहेको प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै कम्पनीले प्रभावित समुदायको सामान्य जीवन पुनर्स्थापनाका लागि सामूहिक प्रयासको महत्वमा जोड दिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar