नाडा अटो शोमा नयाँ जेनेरेसन स्कोडा कोडियाक सार्वजनिक, मूल्य २ करोड १९ लाख ९० हजारदेखि

  • कालिका खवर
  • बुधबार, भदौ १०, २०८३
  • काठमाडौं । स्कोडा नेपालको आधिकारिक वितरक एमएडब्लु एक्स्पान्ज प्रालिले नाडा अटो शो २०२६ मा नयाँ जेनेरेसन स्कोडा कोडियाक औपचारिक रूपमा सार्वजनिक गरेको छ।

    “रियल लक्जरी, एज इट सुड बी” मूल नाराका साथ सार्वजनिक गरिएको नयाँ कोडियाकलाई कम्पनीले नेपाली बजारमा लक्जरी एसयूभीको नयाँ मानकका रूपमा प्रस्तुत गरेको छ। सार्वजनिक कार्यक्रममा कम्पनीका उच्च नेतृत्व, व्यावसायिक साझेदार, सञ्चारकर्मी तथा आमन्त्रित अतिथिहरूको सहभागिता थियो।

    सात सिट क्षमताको नयाँ कोडियाकमा युरोपेली डिजाइन, चेक परिष्कार र फक्सवागन ग्रुपको इन्जिनियरिङ संयोजन गरिएको कम्पनीले जनाएको छ। गाडीको क्याबिनलाई यात्रुका लागि आरामदायी र शान्त अनुभव प्रदान गर्ने गरी डिजाइन गरिएको छ।

    नयाँ कोडियाकमा शरीरको बनावटअनुसार आराम प्रदान गर्ने एर्गो सिट्स, सडकको अवस्था पहिचान गरी प्रकाश व्यवस्थापन गर्ने म्याट्रिक्स एलईडी हेडलाइट्स तथा सहज नियन्त्रणका लागि स्मार्ट डायल्स लगायतका सुविधा उपलब्ध छन्।

    गाडी सार्वजनिक गर्दै स्कोडा नेपालका कार्यकारी निर्देशक रौनक अग्रवालले नयाँ कोडियाकमार्फत नेपालमा लक्जरीको स्पष्ट अवधारणा प्रस्तुत गर्न खोजिएको बताए।

    “नयाँ कोडियाकका साथ हामी नेपालमा केवल एउटा गाडी मात्र ल्याइरहेका छैनौं, लक्जरी कस्तो हुनुपर्छ भन्ने एउटा स्पष्ट अवधारणा ल्याइरहेका छौं,” उनले भने, “जहाँ इमानदारिता, शुद्धता र अनावश्यक तडकभडकविहीन परिष्कार छ। यो वास्तविक युरोपेली लक्जरी हो, जस्तो यो हुनुपर्ने हो।”

    नेपालमा सार्वजनिक गरिएको नयाँ जेनेरेसन स्कोडा कोडियाक तीन भेरियन्टमा उपलब्ध छ। कम्पनीका अनुसार कोडियाक लाउन्जको मूल्य २ करोड १९ लाख ९० हजार रुपैयाँ, स्पोर्टलाइनको २ करोड २९ लाख ९० हजार रुपैयाँ र सेलेक्सन एल एन्ड केको मूल्य पनि २ करोड २९ लाख ९० हजार रुपैयाँ रहेको छ।

    भदौ ९ देखि १४ गतेसम्म भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ को स्कोडा पेभिलियनमा नयाँ कोडियाक अवलोकनका लागि राखिएको छ। गाडीको बुकिङ देशभरका आधिकारिक स्कोडा शोरुमहरूमा खुला भइसकेको कम्पनीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar