नाडा अटो शोमा सुजुकीको विशेष अफर, स्क्र्याच गर्दा २ लाखसम्म नगद छुट

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । नेपालमा सुजुकी गाडीको आधिकारिक वितरक सीजी मोटोकर्पले नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ‘सुजुकी पर्वोत्सव’ अन्तर्गत विशेष ‘स्क्र्याच एन्ड विन’ अफर सार्वजनिक गरेको छ।

    अफरअन्तर्गत सुजुकीका छनोट गरिएका मोडल बुकिङ गर्ने ग्राहकले स्क्र्याच कार्डमार्फत २ लाख रुपैयाँसम्मको पुरस्कार प्राप्त गर्न सक्नेछन्। यो विशेष अफर नाडा अटो शो अवधिभर सुजुकी प्याभिलियनमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

    ‘सुजुकी पर्वोत्सव’ योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट, १ लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस, निःशुल्क एक्सेसरिज, निःशुल्क पीएमएस पार्ट्स तथा एक वर्षको निःशुल्क अटो प्लस बिमालगायतका सुविधा पाउनेछन्। सुविधा मोडलअनुसार फरक हुने जनाइएको छ।

    यो योजना अल्टो के१०, वागनआर, सेलेरियो, इको कार्गो, इको भ्यान, ब्रेजा, जिम्नी, भिक्टोरिस, फ्रोन्क्स र ई–भिटारासहित सुजुकीको सम्पूर्ण लाइनअपमा लागू हुनेछ। योजना २०८३ साउन २७ देखि मंसिर १५ गतेसम्म अर्थात् २०२६ अगस्ट १२ देखि डिसेम्बर १ सम्म सञ्चालन हुनेछ।

    ई–भिटाराका लागि भने ‘ईभिटारा फर्स्ट १०० युनिट प्रमोशनल स्किम’ छुट्टै रूपमा जारी रहनेछ। पहिलो १०० युनिट बिक्रीपछि सुजुकी पर्वोत्सवअन्तर्गतका सुविधा ई–भिटारामा समेत लागू हुने कम्पनीले जनाएको छ। ई–भिटारा ग्राहकले ३ किलोवाटको स्ट्यान्डर्ड चार्जरका अतिरिक्त ७ किलोवाटको होम चार्जर निःशुल्क पाउनेछन्।

    नाडा अटो शो २०२६ मा सुजुकीले नयाँ ब्रेजाको पहिलो सार्वजनिक प्रदर्शनसमेत गरिरहेको छ। नयाँ ब्रेजाले फाइभ स्टार भारत एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको कम्पनीले जनाएको छ।

    भदौ ९ देखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको नाडा अटो शोमा सुजुकीको प्याभिलियन स्टल ए–२ मा नयाँ ब्रेजासहित सुजुकीका सम्पूर्ण मोडल अवलोकन गर्न सकिनेछ। ग्राहकले गाडीको नयाँ पावरट्रेन, फिचर तथा सुरक्षा सुविधाबारे प्रडक्ट विशेषज्ञबाट जानकारी लिन तथा बुकिङ गर्न सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar