मुक्तिनाथ विकास बैंकको अटो लोन ५.५४ प्रतिशत ब्याजदरमा, २४ घण्टामै कर्जा

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौं । मुक्तिनाथ विकास बैंकले काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो २०२६ लाई लक्षित गर्दै ग्राहकका लागि विशेष अटो लोन योजना सार्वजनिक गरेको छ।

    योजनाअन्तर्गत बैंकले ५.५४ प्रतिशत वार्षिक ब्याजदरमा अटो लोन उपलब्ध गराउने जनाएको छ। बैंकका अनुसार यो सुविधा बेस रेटमा शून्य प्रतिशत प्रिमियमसहित उपलब्ध हुनेछ।

    नाडा अटो शोको अवसरमा ल्याइएको उक्त विशेष ब्याजदर योजना २०८३ भदौ मसान्तसम्म लागू हुनेछ। त्यसपछि बैंकको प्रचलित सामान्य ब्याजदर लागू हुने बैंकले जनाएको छ।

    ग्राहकको कर्जा आवेदन तथा आवश्यक सम्पूर्ण कागजात पूरा भएको अवस्थामा २४ घण्टाभित्र अटो लोन उपलब्ध गराउने व्यवस्था गरिएको बैंकले जनाएको छ। यसले ग्राहकलाई आफूले रोजेको सवारीसाधन छिटो र सहज रूपमा खरिद गर्न सहयोग पुग्ने बैंकको विश्वास छ।

    मुक्तिनाथ विकास बैंकले उक्त अटो लोन सुविधा देशभर रहेका आफ्ना १७६ वटै शाखामार्फत उपलब्ध गराउने जनाएको छ।

    नाडा अटो शोमा सहभागी हुने तथा नयाँ सवारीसाधन खरिद गर्न इच्छुक ग्राहकले बैंकको विशेष अटो लोन योजनाबाट लाभ लिन सक्नेछन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar