महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्का सर्वोच्चमा

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा छुट्टाछुट्टै पूरक निवेदन दिएका छन् ।

    देउवा र खड्काले सोमबार वारेसमार्फत दिएको निवेदन सोमबार भने दर्ता भएको छैन । सर्वोच्च अदालत प्रशासनले मंगलबार निवेदन दर्ता हुने जनाएको छ ।

    सर्वोच्चका सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले प्राविधिक कारणले सोमबार पूरक निवेदन दर्ता हुन नसकेको र मंगलबार दर्ता हुने बताए । ‘दुईवटा निवेदन आएका छन् । प्राविधिक कारणले सोमबार दर्ता हुन सकेन, मंगलबार मात्रै दर्ता हुने भयो,’ उनले भने । देउवाको तर्फबाट कानुन व्यवसायी निवेदन लिएर गत शुक्रबार नै सर्वोच्च गएका थिए । खड्काको तर्फबाट भने सोमबार मात्रै निवेदन गएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar