नाडा अटो शोमा नयाँ ‘नामी बक्स’ सार्वजनिक हुँदै

  • कालिका खवर
  • सोमवार, भदौ ८, २०८३
  • काठमाडौं । विद्युतीय सवारी ब्रान्ड नामीले आगामी नाडा अटो शो २०२६ मा नयाँ ‘नामी बक्स’ सार्वजनिक गर्ने तयारी गरेको छ।

    सन् २०२४ मा पहिलोपटक नेपाली बजारमा सार्वजनिक भएको नामी बक्स आकर्षक डिजाइन, जीवन्त रङ, प्रभावशाली रेन्ज, फराकिलो केबिन तथा आधुनिक सुविधाका कारण छोटो समयमै लोकप्रिय बनेको कम्पनीले जनाएको छ।

    विशिष्ट डिजाइन र व्यावहारिक विद्युतीय मोबिलिटीका कारण नामी बक्स नेपाली बजारमा लोकप्रिय रोजाइका रूपमा स्थापित भएको कम्पनीको भनाइ छ। हालसम्म नेपालका सडकमा २ हजारभन्दा बढी नामी सवारीसाधन सञ्चालनमा आइसकेका छन्। यससँगै नामीले नेपाली विद्युतीय सवारी बजारमा आफ्नो बलियो उपस्थिति स्थापित गरेको जनाएको छ।

    नामी भिगोआई२ को सफल सार्वजनिकरणपछि कम्पनीले अब नयाँ नामी बक्समार्फत आफ्नो उत्पादन यात्रा अघि बढाउन लागेको हो। नयाँ नामी बक्समा यसअघिको मोडलको तुलनामा थप परिष्कृत डिजाइन, सुविधा तथा प्रविधि समावेश हुने अपेक्षा गरिएको छ।

    नयाँ नामी बक्सका सम्पूर्ण फिचर, प्राविधिक विवरण, स्पेसिफिकेसन तथा मूल्य नाडा अटो शो २०२६ मै औपचारिक रूपमा सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

    नाडा अटो शो २०२६ मा नयाँ नामी बक्सको सार्वजनिक प्रदर्शनसँगै नेपाली विद्युतीय सवारी बजारमा थप प्रतिस्पर्धा बढ्ने अपेक्षा गरिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar