सन नेपाल लाइफको मधेश प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित

  • कालिका खवर
  • आइतवार, भदौ ७, २०८३
  • काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आयोजनामा मधेश प्रदेशअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर तथा इमर्जिङ सन क्लबमा योग्य अभिकर्ताहरूको सम्मान तथा अवार्ड कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    शनिबार बर्दिबासस्थित बर्दिबास रिसोर्टमा आयोजित कार्यक्रममा मधेश प्रदेशका विभिन्न शाखाबाट एजेन्सी डेभलपमेन्ट म्यानेजर, उत्कृष्ट अभिकर्ता, क्षेत्रीय प्रबन्धक तथा शाखा प्रमुखहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालको प्रमुख आतिथ्यता तथा प्रमुख बजार अधिकृत गणेश चौलागाईंको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीको समेत उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न शाखाका अभिकर्ता, क्षेत्रीय प्रबन्धक, शाखा प्रमुख तथा कर्मचारीहरूको सहभागिता थियो।

    कार्यक्रममा मधेश प्रदेश प्रमुख नवराज चौधरीले कम्पनीको बिक्री नीति २०८३/८४ तथा आगामी कार्यक्रमबारे जानकारी गराउँदै अभिकर्ताहरूलाई कम्पनीका नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै व्यवसाय विस्तारमा थप सक्रिय हुन आग्रह गरे।

    त्यसैगरी, प्रमुख बजार अधिकृत गणेश चौलागाईंले अभिकर्ताहरूको हकहित, सेवा–सुविधा तथा व्यावसायिक विकासलाई प्राथमिकतामा राख्दै कम्पनीले विभिन्न नीति तथा कार्यक्रम निर्माण र कार्यान्वयन गर्दै आएको बताए। अभिकर्ताहरूको व्यावसायिक यात्रालाई सहज बनाउन कम्पनी सधैँ सहकार्य र सहजीकरणका लागि तयार रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि अभिकर्तामुखी कार्यक्रम तथा प्रोत्साहनका योजनालाई निरन्तरता दिइने बताए।

    कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सन नेपाल लाइफले मधेश प्रदेशमा छुट्टै पहिचान तथा सकारात्मक व्यावसायिक छवि निर्माण गर्न सफल भएको बताए। कम्पनीको सफलतामा मधेश प्रदेशका सम्पूर्ण अभिकर्ता, एजेन्सी डेभलपमेन्ट म्यानेजर तथा शाखा टोलीको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै उनले उनीहरूको मेहनत, लगनशीलता र निरन्तर प्रयासप्रति धन्यवाद तथा आभार व्यक्त गरे।

    उनले आगामी दिनमा मधेश प्रदेशमा बीमाको पहुँच थप विस्तार गर्दै अभिकर्ता तथा एजेन्सी सञ्जाललाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरे। उत्कृष्ट कार्यसम्पादन गर्ने अभिकर्ताहरूलाई निरन्तर प्रोत्साहन तथा सम्मान प्रदान गरिने उनको भनाइ थियो।

    कार्यक्रममा उत्कृष्ट कार्यसम्पादन गर्ने एजेन्सी डेभलपमेन्ट म्यानेजर तथा इमर्जिङ सन क्लबका योग्य अभिकर्ताहरूलाई अवार्ड तथा सम्मान प्रदान गरिएको थियो। सम्मानले अभिकर्ताहरूमा थप उत्साह, ऊर्जा र आगामी दिनमा उत्कृष्ट व्यावसायिक उपलब्धि हासिल गर्ने प्रेरणा प्रदान गरेको सहभागीहरूले बताएका छन्।

    कार्यक्रमले अभिकर्ता उत्प्रेरणा, नेतृत्व विकास, व्यावसायिक क्षमता अभिवृद्धि तथा कम्पनी र अभिकर्ताबीचको सम्बन्धलाई थप मजबुत बनाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

    सन नेपाल लाइफ इन्स्योरेन्सले हाल देशभर १५० भन्दा बढी शाखा तथा सेवा सञ्जालमार्फत जीवन बीमा सेवा तथा बीमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। कम्पनीले बीमाको पहुँच थप विस्तार गर्दै अभिकर्ता सञ्जालको विकास, उत्कृष्ट ग्राहक सेवा तथा दिगो व्यावसायिक वृद्धिलाई प्राथमिकतामा राखेर आफ्नो यात्रा अघि बढाइरहेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar